तिमी
Dec 31, 2024
1 min read
आधा म आधा तिमी
कृष्ण म राधा तिमी,
लगेर जानु जाँदा तिमी
सधैं रहने वादा तिमी,
मेटाउन नचाहने बाधा तिमी
तिमी नै मेरो रङ, सादा तिमी,
कहि कम त कहि ज्यादा तिमी
तिमी नै रानी, प्यादा तिमी,
मेरो रानी बनाउने इरादा तिमी
मेरो सम्मान बढाउने खादा तिमी,
तिमी नै हल दुविधा तिमी
मेरि नै रहनु प्रिय सदा तिमी,
दिलमै रहेर नि टाढा तिमी
तिमी नै गुलाब काँडा तिमी,
२०८१/८/१२
--रोहन कर्ण




Comments