top of page
Search

अधुरो

  • Writer: Karna Rohan
    Karna Rohan
  • Nov 3, 2021
  • 1 min read

BS : 2076 / 10 / 18

AD : 2020 /2/1

--- रोहन कर्ण




              SOME THINGS ARE MEANT TO BE INCOMPLETE .....


तिम्रो अधरको साथ बिना मेरो मुस्कान छ अधुरो

तिम्रो नयनको हेराई बिना मेरो हेराई छ अधुरो

तिमी नजिक नहुँदा अप्ठ्यारो हुन्छ मेरो मनलाई

तिम्रो अस्तित्व बिना मेरो अस्तित्व छ अधुरो


तिम्रो कलम को साथ बिना मेरो पत्र छ अधुरो

तिम्रो निशाको जून बिना मेरो नक्षत्र छ अधुरो

तिम्रो त्यो बोली बिना बाख्खिन्छ मेरो बोलाई

तिम्रो न्यानो स्पर्श बिना मेरो हत्केला छ अधुरो


तिम्रो हिँडाईकाे साथ बिना मेरो यात्रा छ अधुरो

तिम्रो ईन्द्रको आभाष बिना मेरो जात्रा छ अधुरो

तिमी लजाउँदा मेरा गाला लजाएर रातिईन्छन

तिम्रो स्वप्नको आगमन बिना मेरो निद्रा छ अधुरो


तिम्रो आगमन बिना मेरो लामो पर्खाइ छ अधुरो

तिम्रो यादको सम्झना बिना मेरो सोचाइ छ अधुरो

जता हेरे पनि तिम्रै अनुहार छाँपिन्छ यी आँखामा

तिम्रो हाँसोको दृश्य बिना मेरो हाँसो छ अधुरो


साथ मिले तिम्रो कलमको , मेरो पत्र हुँदैन अधुरो

सार्थक भए तिम्रो अस्तित्व , मेरो अस्तित्व हुँदैन अधुरो

मेरो मुटुमा धड्कन बनी धड्की रहन्छौ तिमी

तिम्रो साथ मिल्यो भने रहनेछैन मेरो यो जीवन अधुरो





                  IT IS NOT OVER TILL IT IS OVER 


 
 
 

Recent Posts

See All
 तिमी

आधा म आधा तिमी कृष्ण म राधा तिमी, लगेर जानु जाँदा तिमी  सधैं रहने वादा तिमी, मेटाउन नचाहने बाधा तिमी तिमी नै मेरो रङ, सादा तिमी, कहि...

 
 
 
End Game

When I think , this nation amuses me We got leaders with 4 kidneys but not a spine Things take time , admit we all But we live in...

 
 
 

Comments


Post: Blog2_Post
bottom of page