top of page
Search

बयान

  • Writer: Karna Rohan
    Karna Rohan
  • Oct 30, 2021
  • 1 min read

- रोहन कर्ण


• तिम्रो लागि दुई शब्द लेख्न बसेको थिए कलमले हार मानिदियो

कलमलाई फकाउन कागजलाई भने उसले पनि नाइँ भनिदियो

• भावना पोख्न नपाउँदा आकाशतिर हेर्दै निराश बसेको थिए

एतिकैमा एउटा तारा टुटेर तिमीलाई मेरो जीवनसाथी छानिदियो

• स्वप्नमा देखेकोभन्दा भिन्नै पाए मेरा नयनले तिम्रो हँसिलो मुहार

त्यो मुहार देखेर प्रकृति सर्वसुन्दर भन्ने मेरो दृष्टिकोण फेरिदियो

• कैयौं कलम भाचिए कैयौं कागज च्यातिए तर तिम्रो बयान हुनसकेन

अप्सरासंग तुलना गर्नखोजे तर स्वर्गले नै तिम्रो तस्बिर हेरिदियो

• कुन शब्दकोश हेरु कुन पाना पल्टाउ दुविधामा परेको छु म

ईन्द्रै संकोचमा परेर उर्वशीको ठाँउमा तिमीलाई राखिदियो

• विश्वकै सुन्दर वस्तुले जीवन भरिदेउ भनी सपना देखेको थिए

आँखा खोल्दा मेरो सारा आँगन तिम्रो तस्बिरले भरिदियो

• सम्पत्तिको नाममा केही छैन खालीपनले भरिएको छ मेरो हात

मलाई तिमिमात्र चाहिन्छ भन्दा तिमीलाई मेरो नाम गरिदियो |






 
 
 

Recent Posts

See All
 तिमी

आधा म आधा तिमी कृष्ण म राधा तिमी, लगेर जानु जाँदा तिमी  सधैं रहने वादा तिमी, मेटाउन नचाहने बाधा तिमी तिमी नै मेरो रङ, सादा तिमी, कहि...

 
 
 
End Game

When I think , this nation amuses me We got leaders with 4 kidneys but not a spine Things take time , admit we all But we live in...

 
 
 

Comments


Post: Blog2_Post
bottom of page