साथी
- Karna Rohan
- Oct 30, 2021
- 1 min read
Updated: Nov 2, 2021
2077/01/01
- रोहन कर्ण

He who knows more about you than anyone else.....जब जब मैले आफूलाई एक्लो माने , उसको साथ हुने गर्थ्यो
म उसको दिलको धडकन बन्दा , ऊ चाहिँ मेरो माथ हुने गर्थ्यो।
मुखले केही नबोलेरपनि उसको सबै कुरा बुझ्थे म
हामी दुवै केही नबोलेर बसेपनि , त्यतिखेर क्या बात हुने गर्थ्यो।
बाटो कठिन थियो कतिखेर लडिन्छ भन्दै सम्हालेर हिड्थे म
जहाँ मेरो पाइलाले थेग्न सकेन त्येतिबेला आउने उसको हात हुने गर्थ्यो।
जिन्दगीको सफरमा जहाँ आफ्नो अस्तित्वमाथि सङ्कोच हुनलाग्यो
त्यतिखेर मेरो पहिचान बनेर मलाई चिनाउने ऊ मेरो जात हुने गर्थ्यो।
जब जब मेरो मनोबल कमजोर भयो , उसका आँखा नि रसाउँथे
चोट लागेर खस्दा म , ऊ नि शरद ऋतुको पात हुने गर्थ्यो।
व्यतित गरेका दिनमा मसँग अनिष्ट हुँदा ऊ कहिले मुस्कुराउदैनथ्यो
जिन्दगीले मलाई ठक्कर हाने संयोगवश ऊ सँग नि घात हुने गर्थ्यो।
बाल्यकालका ति ठट्टाहरु सम्झिदा प्रफुल्लित हुन्छ मेरो मन
मलाई पानी पिएर नशा चड्दा , उसलाई पनि मात हुने गर्थ्यो।।
To all my friends who have helped me in my hard times.You guys are awesome and you give me a chance to live yet another day happily.
#Staysafe and love you all...



Comments